Swornakshar Logo

हेटौंडामा कृषि मेला प्रदर्शनी, कृषक पुरस्कृत

२ फागुन । हेटौंडा । आज शुक्रबार हेटौंडाको पल्पसा हलमा वृहद् कृषि मेला प्रदर्शनी एवं उत्कृष्ट कृषक सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन् गर्दै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले किसानलाई प्रोत्साहीत गर्नका लागि यो कार्यक्रम गरिएको बताए ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिकाले आयोजनामा गरेको हो ।

महतले अहिलेपनि धेरै किसान कृषि क्षेत्रमा काम गर्ने तर, खाद्यान्न विदेशबाट ल्याउनुपर्ने अवस्था रहेको बताए । कृषि पेसालाई निर्वाहमुखी भन्दा पनि व्यावसायीक बनाउँदै लैजान पनि किसानहरुलाई पुरस्कत गरिएको मेयर महतले बताए । उत्कृष्ट कृषकको रुपमा हेटौंडा १२ का राम प्रसाद पौडेल र पशुपालकको रुपमा हेटौंडा ७ का राम बहादुर बस्नेतलार्ई जनही १ लाख रुपैयाँका दरले नगद पुरस्कार सहित मेयर महतले सम्मान गरेका छन् ।

हेटौंडामा कृषि उत्पादनको विभिन्न ६ वटा विधामा ४ जनाका दरले २४ जनालाई पुरष्कृत गरिएको छ । प्रथम पुरस्कार जनही ५ हजार, द्वितीय पुरस्कार जनही ३ हजार, तृतीय पुरस्कार जनही २ हजार र सान्त्वना जनही १ हजारका दरले नगद, प्रमाणपत्र सहित सम्मान गरिएको छ । निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषि पेशामा लाग्न उत्प्रेरित गर्ने र कृषि पेशालाई प्रवर्द्धन गर्न मेला प्रदर्शनी एवं सम्मान कार्यक्रम राखिएको हो ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिका उपप्रमुख मिना कुमारी लामाको विशेष आतिथ्यतामा भएकोे थियो । कार्यक्रममा आर्थिक विकास समिति संयोजक नरनाथ दुवेदी, वडाध्यक्षहरु, कार्यपालिका एवं नगरसभा सदस्यहरु, कृषकहरु ल्गायतकोे उपस्थिति रहेको थियो ।