Swornakshar Logo

बैंककको म्यानेजर काट्छु भन्दै खुकुरी लिएर बैंक छिरेका गिरी पक्राउ

२ फागुन । हेटौँडा । हेटौँडाको नेपाल बैंकमा म्यानेजरलाई काट्छु भन्दै खुकुरी बोकेर जाने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज खुकुरी लिएर म्यानेजरलाई काट्छु भन्दै बैंकको शाखामा पुगेका हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ चिल्ड्रेन पार्कका गजेन्द्रराज गिरीलाई पक्राउ गरेको हो ।

बैंकको म्यानेजरसँग फागुन १ गते गरगहना धितो राखेर ऋण माग्न आएका उनको कुरालाई म्यानेजरले नमानेपछि पख म देखाईदिन्छु भन्दै हिडेको र आज बा ५ प २६२५ नंबरको कारमा आएर खुकुरी दिई म्यानेजर काट्छु भन्दै आतंक सृजना गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको कारबाट १६ इन्चको सिरुपाते खुकुरी, चक्कु, यौन उत्तेजना बढाउने भियग्रा लगाएतको समाग्री समेत बरामद गरेको छ ।