Swornakshar Logo

नेकपा मकवानपुरले २५ औ जनयुद्ध दिवस मनायो फोटो फिचर

मिना श्रेष्ठ

१ फागुन । हेटौडा । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मकवानपुरले २५ औ जनयुद्ध दिवस मनाएको छ । २०५२ साल १ फागुन बाट तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको थियो ।
नेकपा माओवादी मकवानपुरको आयोजनामा मकवानपुरगढी गाउँपालिकाको मक्रानचुलीमा शहिद रुद्र पाख्रीन(रमेश)को शालिकमा माल्यापर्ण गरेर जनयुद्ध दिवश मनाएको हो ।


कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले शहिदको सपना पुरा गर्ने स्थानमा आइपुगेका बताए । उनले,सपना पुरा गर्न सकेका छैनौ,अब सपना पुरा गर्नु पर्ने बताए ।
उनले भने शहिदका सपना पुरा गर्ने ठाउँमा आइपुगेका छौ । अब सपना पुरा गर्नु पर्छ । हिजो प्रश्न सोध्थ्यौ आज उत्तर दिने ठाउँमा आएका छौ ।


नेकपा मकवानपुरको अध्यक्ष मुनु सिग्देलले हामीले अब सपना बाढ्ने होइन सपना पुरा गर्न लाग्नु पर्ने बताइन । उनले भनिन् हामीले अब सपना बाढ्ने होइन ,पुरा गर्नु पर्छ ।
शहिदलाई दिवसमा मात्र सम्झने होइन सधै सम्झनु पर्ने बताइन ।


शहिद,घाइते ,अपागंहरुको बलिदानी ,त्याग तपस्याबाट अहिलेको परिवर्तन आएकाले उनीहरुलाई दिवसमा मात्र सम्झने होइन सधै सम्झनु पर्छ । उनको योगदान अमूल्य छ सिग्देलले बताइन । कार्यक्रममा मानकुमारनी नेपालीले शहिदको सम्झनामा कविता वाचन गरेकी थिइन ।