Swornakshar Logo

दुई जोडी केटाकेटीहरुको प्रेम विवाह बदर

१ फागुन । काठमाडौं । बुधबार बागमती प्रदेशको भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाका २० वर्ष पुरा नभएका दुई जोडी केटाकेटीहरुको प्रेम विवाह बदर गरिएको छ । २० वर्ष पुरा नभए केटाकेटीहरु श्रीमान श्रीमतिको रुपमा संगै बस्न नपाइने नेपालको तात्कालिन कानुनी प्रावधान रहेकोले विवाह बदर गरिएको हो ।

उमेर नपुगी गरेको विवाहले बालबालिकाहरुको हक अधिकार हनन हुने, शारीरिक, मानसिक, शैक्षिक, आर्थिक तथा सामाजिक विकृति विसंगतिहरु निम्त्याउने भएकाले २० वर्ष पुरा नभई अपरिपक्क उमेरमा गरेको विवाहलाई मान्यता दिईन्न ।

सोही अनुसार बालविवाह मुक्त प्रदेश अभियानका सहजकर्ता पविना लामा र बालहेप्लाईन मकवानपुरको पहल एव् भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना र वडा प्रहरी कार्यालय भीमफेदीको समन्वयमा १६ वर्षिया बालक र १३ वर्षिया बालिका विचको प्रेम विवाह बदर गरिएको हो । विवाह बदर गर्नु भन्दा अगाडि सम्वन्धित बाललिकाहरुको अभिभावकहरु वीच पालिका अध्यक्ष हिदम लामा, बालहेप्लाईनका प्रमुख झविन्द्र ज्ञवाली, सहजकर्ता पविना लामा, वडा नम्बर ६ का वडा अध्यक्ष सिताराम थापा, महिला तथा बालबालिका प्रमुख दुर्गा घिमिरे लगायतको उपस्थिततिमा छलफल चलेपछी सो विवाह बदर हुने भएको हो ।

दुवै परिवारको अभिभावकहरु छलफलबाट बालविवाहको सम्वन्धि कानुनी प्रावधान सम्वन्धि प्रष्ट भए पछि आफ्नो छोराछोरीको जिम्मा आफुले लिन राजी भएको हो । दुवै परिवारले आफ्नो छोराछोरी पढ्दै गरेकाले दुबै जनालाई पढाईमा निरन्तरता दिन आफुहरुले पहल गर्ने बताए ।

विवाह बदर भए लगतै १३ वर्षिय बालिकाको अभिभावकको सहमतिमा पालिकाको सिफारिस अनुसार केही दिन बालहेप्लाइन प्रमुख ज्ञवालीको नेतृत्वमा बालिकालाई काउन्सिलको लागि बालहेप्लाई हेटौंडामा पठाइएको छ । यस्तै गरी हेटौंडा उपमहानगरपालिका १४ का १३ वर्षिय बालिका र बकैया ७ का १७ वर्षिया बालक वीचको पनि प्रेम विवाह बदर गएिको छ । बकैया ७ वडा अध्यक्ष रामकाजी लामिछानेको नेतृत्वमा बालहेप्लाईन हेटौंडामा बालबालिकाको दुवै परिवार झिकाएर गरेको छलफलबाट अभिभावकहरुले आफ्नो छोरा छोरी जिम्मा लिएको हो ।

छलफलमा बकैया ७ का अध्यक्ष रामकाजी लामिछाने, सहजकर्ता पविना लामा, बालहेप्लाईनका झविन्द्र ज्ञवाली, हेटौंडा उपमहानगरपालिकाबाट कानुनी सहनकर्ता रोनिता लम्साल तथा उपमेयर मिना लामाको सचिवालयबाट रुपा विडारीको सहभागिता रहेको थियो । बालिकालाई अभिभावकको सहमति र उपमहानगरपलिकाको सिफारिसमा केही दिन बालहेप्लाईनमा राखिएको छ भने बालकलाई उसैको परिवारको जिम्मा लागाईएको छ ।