सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना, १ को मृत्यु, ६ घाइते
२९ माघ । काठमाडौं । सल्यानबाट बुटवल आउँदै गरेको नेपाली सेनाको गाडी सल्यानको कपुरकोटमा दुर्घटना भएको छ । दुर्घटनामा परि सबुद गणका मेजर किशोर सिलवालसहित ६ जना घाइते भएका छन् भने एकको मृत्यु भएको छ ।
मृत्यु हनेमा नेपाली सेनाका जमदार यादवप्रसाद घरेल रहेका कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिम्सिनाले बताए ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले बताएको छ ।
सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु१ब १२३ नम्बरको ट्रक सल्यानको कपुरकोट नजिकै दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस्: