Swornakshar Logo

चीनबाट फर्केपछि कोरोना भाइरसको आशंकामा सेती अस्पताल भर्ना

२९ माघ । काठमाडौं । कैलालीका चीनमा अध्ययनरत एक युवक
चीनबाट भरखरै नेपाल फर्केपछि सामान्य ज्वरो र घाटी दुख्ने समस्या देखिएका कारण कोरोना भाइरसको आशङ्का गर्दै अस्पताल भर्ना भएका छन् ।

उनी बुधवार अस्पताल भर्ना भएपछि छुट्टै कक्षमा चेक जाँच सुरु भएको सेती प्रादेशिक अस्पतालको इमरजेन्सी विभाग प्रमुख डाक्टर जगदीश प्रसाद जोशीले बताए ।

डाक्टर जोशीका अनुसार उनलाई कोरोना भाईसरको संक्रमण भएको आशंकामा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाउने तयारी भइरहेको बताए । शनिवार पनि एक युवक कोरोना भाइरसको आशंका गर्दै अस्पताल भर्ना भएका थिए ।