Swornakshar Logo

एनभीए अवार्डमा प्रशिक्षक ज्ञानेन्द्र विष्टको ह्याट्रिक

२५ माघ । काठमाडौं । नेपाल एपिएफ क्लबका भलिबल प्रशिक्षक ज्ञानेन्द्र विष्ट वर्षका उत्कृट प्रशिक्षक घोषित भएका छन् । नेपाल भलिबल संघले प्रत्येक वर्ष आयोजना गर्ने एनभीए अवार्डमा एपिएफ क्लबका प्रशिक्षक विष्ट उत्कृट प्रशिक्षक घोषित भए । अवाडसँगै प्रशिक्षक विष्टलाई संघले २५ हजार नगतसहित सम्मान गरेको छ ।

यो अवार्डसंगै विष्टले एनभीए अवार्डमा ह्याट्रिक गरेका छन् । उनले यो भन्दा अगाडी पनि लगातार दुईपटक एनभीए अवार्ड पाएर उत्कृट प्रशिक्षक घोषित भएका थिए ।

विष्टको खेलाडी देखि उत्कृट प्रशिक्षकसम्मको यात्राः

वि.सं. २०५२ सालदेखि अछाम जिल्लाबाट विरेन्द्र सिल्ड खेल्दै २०५५ सालमा कैलालीबाट क्षेत्रीय प्रतियोगिता खेलेका थिए । क्षेत्रीय खेलेका उनी २०५७ सालमा नेपाल प्रहरीमा भर्ती भई २०५८ सालमा सशस्त्र प्रहरी बलमा स्थापना भए । स्थापनासंगै सशस्त्र प्रहरीको सस्ंथापक खेलाडी रुपमा चिनिए ।

विष्टले २२ औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सशस्त्रको एपिएफ क्लबबाट आफ्नो खेलको निरन्तरता दिएका थिए । विस्तारै उनी सशस्त्र प्रहरीका एक अब्बल खेलाडीको रुपमासमेत चिनिन थाले । उनले थुप्रै राष्ट्रिय प्रतियोगितासमेत खेलेका छन् ।

खेलजीवन सकिएपछि विष्ट २०६७ सालदेखि एपिएफमै प्रशिक्षकको भुमिकामा बस्न थाले । प्रशिक्षकको भुमिकामा पोख्त हुँदै उत्कृष्ट प्रशिक्षक भएर तेस्रो एनभीए अवार्डमा ह्याट्रिक गर्न सफल भए ।

प्रशिक्षक भइरहँदा विष्टले एपिएफ क्लबलाई थुप्रै प्रतियोगिता जिताएका छन् ।
प्रशिक्षक विष्टले अवार्ड थाप्दै गर्दा आगामी दिनमा पनि भलिबलका लागि आफुले सक्दो योगदान गर्ने प्रतिबद्धता गरेका छन् ।