Swornakshar Logo

पहिलो ‘हेटौंडा रन’ भव्यताका साथ सम्पन्न फोटो फिरचर सहित

मिना श्रेष्ठ

२५ माघ । हेटौंडा । नेपाल भ्रमण बर्ष २०२० अबसरमा मकवानपुरको हेटौंडामा पहिलो पटक हेटौंडा रन कार्यक्रम भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा रन कार्यक्रम भएको हो । पर्यटन वर्षलाई सफल बनाउनका लागि हेटौंडा रन प्रतियोगिता आयोजना गरेको हो । जसमा सयौंजनालाई दौडाइएको थियो ।

पुरुष तर्फको हेटौडा रनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिट्टी बजाएर दौड सुरु गराए। त्यसैगरी महिला तर्फको प्रतियोगितात्मक दौडको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद प्रसाद नेपाल र सहभागितात्मक रमाइलो दौडको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गरे ।

बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा पर्वतिय खेलकुद महासंघ नेपाल बागमती प्रदेशको संयोजनमा कार्यक्रम गरिएको हो । पहिलोपटक हेटौंडामा गरिएको यो नयाँ कार्यक्रममा धेरैको उत्साहजनक सहभागिता रहेको महासंघका प्रदेश अध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले बताइन् ।

पुरुष तर्फको १० किलोमिटर दौडमा ससस्त्र प्रहरीका अजित कुमार यादव प्रथम भए। उनले नगद ५० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी नेपाली सेनाका टंक कार्की द्धितीय भए । उनले नगद ३० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी ससस्त्र प्रहरीका गणेश सिंह ठकुरी तेस्रो भएका छन् । उनले नगद २० जहार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । दौडमा सान्त्वना शिव रायमाझिले १० हजार र पाँचौ भएका जीवन लामाले ५ हजार रुपैयाँ पाएका छन् ।
महिला तर्फको पाँच किलोमिटर दौड प्रतियोगितामा प्रथम बागमती प्रदेशका सन्तोषी श्रेष्ठ, द्धितीय नेपाल प्रहरीका राजपुरा पछाईं, तेस्रो नेपाली सेनाका सरस्वती भटराई, चौथोमा नेपाल प्रहरीका विर्सना कुमाल, पाँचौ जुनेली सुनार भएकी छन् । विजयी हुनेले क्रमशः पुरुषको जस्तै ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । सहभागितात्मक खुल्ला दौडमा भने सयौजनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रदेशसभाका सदस्य मुनु सिग्देल, जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईं, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट लगायतकाको आतिथ्यता रहेको थियो ।

भ्रमणवर्षलाई स्वागत गर्दै खेलका माध्यमबाट पनि पर्यटन प्रर्वदन गर्न सकिन्छ भन्ने उदेश्यले यो कार्यक्रम गरिएको हो । हेटौंडा रनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगि १५ महिला १५ पुरुष र विभीन्न संघसंस्थाका प्रमुखहरु दौडने कार्यक्रम रहेको छ । हेटौंडा रनमा पर्यटन प्रवर्दन गर्न टिसर्ट लगाएर दौडिएका थिए । दौडमा सहभागी हुनका लागि जिल्ला बाहिरबाट ४५ जना खेलाडी हेटौंडा आएका थिए ।