Swornakshar Logo

मकवानपुरका खोला नियन्त्रणका लागि काम बन्दैः बागमती प्रदेश

२० माघ । काठमाडौं । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मकवानपुरका विभीन्न स्थानीय खोलाहरु नियन्त्रणका लागि काम गर्ने भएको छ । मकवानपुरमा प्रदेश सरकारको लगानीमा खोला नियन्त्रणका लागि यस वर्ष काम गर्न लागिएको हो ।

प्रदेश सरकारले मकवानपुरको लमकाढाका खोला नियन्त्रणका लागि ३५ लाख रुपैयाँ वजेटमा काम गर्न लागेको छ । मकवानपुरकै चौरा खोला नियन्त्रणको लागि ३५ लाख र मनहरीमा रहेको लोथर खोला नियन्त्रणका लागि पनि ३५ लाख रुपैयाँमा काम गर्न लागिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार मनहरीकै हाडीखोला नियन्त्रणका लागि ११ लाख रुपैयाँमा काम गर्न लागिएको बताएको छ । अब सिंधुली, भक्तपुर, धादिङ्ग, चितवन लगायतका जिल्लामा पनि नदि नियन्त्रणका लागि काम गर्न लागिएको मन्त्रालयले बताएको छ ।