Swornakshar Logo

एसएसपी राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

२० माघ । काठमाडौं । जिल्ला अदालत सुनसरीले यौन दुर्व्यवहारको आरोप लागेर पक्राउ परेका नेपाल प्रहरीका एसएसपी सौरभ राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार आदेश दिएको छ ।

इटहरीकी एक महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै गृह मन्त्रालयमा उजुरी दिएपछि एसएसपी राणा निलम्बनमा परेका थिए । शुक्रबार ती महिलाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि किटानी जाहेरी दिएकी थिइन् ।

इटहरीको एक होटलमा आफूमाथि बलात्कार भएको ती महिलाले बताएकी छिन् । उजुरीपछि आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका राणाले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

एसएसपी राणा संघीय प्रहरी इकाइ धरानको प्रमुखको हैरियसमा कार्यरत थिए ।