Swornakshar Logo

पर्यटन भ्रमण वर्षका अवसरमा बागमति प्रदेशमा हेटौडा रन कार्यक्रम हुने

१९ माघ । हेटौंडा । बागमती प्रदेशले नेपाल भ्रमण वर्ष २०२०को अवसरमामा हेटौंडा रन कार्यक्रम गदैछ ।
पर्यटन वर्षलाई सफल बनाउनका लागि हेटौंडामा एकै पटक पाँच हजारलाई दौडाउने भएको छ । हेटौंडामा झाँकी सहित यही माघ २५ गते हुने कार्यक्रममा ७ हजार जनालाई दौडाउने कार्यक्रम रहेको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा पर्वतिय खेलकुद महासंघ नेपाल बागमती प्रदेशको संयोजनमा कार्यक्रम हुने छ ।

मन्त्रालय र महासंघ कार्यक्रमको तयारीमा लागेको आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । हेटौंडा रनमा पुरुष र महिलाको छुट्टा छुट्टै दौड कार्यक्रमको आयोजना गरिएको पर्वतिय खेलकुद महासंघ नेपाल बागमती प्रदेशका संयोजक तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामाले बताइन । हेटौंडा रनमा देशैभरीबाट सहभागि गराउने आयोजकले बताए ।

हेटौंडामा महिलाका लागि ५ किलोमिटर र पुरुषका लागि १० किलोमिटर दौडको आयोजना गरिएको हो मन्त्रालयका सचिब शिव वाग्लेले वताउनुभयो । दौडमा प्रथम हुने महिला र पुरुषले ५० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी द्धितीय हुने प्रतियोगिले ३० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तेस्रो हुनेले २० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने उपमेयर लामाले वताउनुभयो । प्रतियोगितामा सहभागी बन्ने पुरुष तथा महिलाले सान्त्वना पुरस्कार स्वरुप १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने हेटौंडामा महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

भ्रमणवर्षलाई स्वागत गर्दै खेलका माध्यमबाट पनि पर्यटन प्रर्वदन गर्न सकिन्छ भन्ने उदेश्यले यो कार्यक्रम गरिएको हो । हेटौंडा रनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगि १५ महिला १५ पुरुष र विभीन्न संघसंस्थाका प्रमुखहरु दौडने कार्यक्रम रहेको छ । हेटौंडा रनमा पर्यटन प्रवर्दन गर्न टिसर्ट लगाएर दौडने कार्यक्रम रहेको छ । प्रतियोगितामा सहभागिता जनाउनका लागि अनलाइन तथा खुल्ला फर्म भर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

दौडमा सहभागी हुनका लागि जिल्ला बाहिरबाट ४५ जना खेलाडी हेटौंडा आउने छन् भने स्थानीय स्तरका खेलाडी पनि सहभागी हुने महासंघका सचिव सफल अधिकारीले जानकारी दिए ।

हेटौंडाको हुप्रचौरबाट सुरु हुने १० किलोमिटर पुरुष र ५ किलोमिटर महिला दौड बुद्ध चौक, नगरपलिका रोड, सानोपोखरा, कान्तिलोकपथ, माछाप्लान, कमाने, भौरबरोड हुँदै हुप्रचौरसम्म रहने छ ।

प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा विदेशी खेलाडी, नगरप्रमुख, सरकारी कर्मचारी, जनप्रतिनिधि, पूर्वमिस नेपाल, प्रहरीसहित विभिन्न संघसंस्थाका प्रतिनिधि गरी ७ हजार ५ सय जनाको सहभागिता जुटाउने बताइएको छ ।

प्रतियोगिताका लागि ३८ लाख १७ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । दौडका लागि मन्त्रालयले ८ लाख, उपमहानगरपालिकाले २ लाख रुपैयाँ बजेट छुट्याएको बताइएको छ ।