ललितपुरको कवाडी गोदाममा भीषण आगलागी, एक जना घाइते
१९ माघ । काठमाडौं । ललितपुरको बखुन्डोल हाइटको कवाडीखानामा भीषण आगलागी भएको छ । आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको बताइएको छ ।
आगलागीमा परी एक जना घाइते भएका छन् । घाइते भएका व्यक्तिको उद्दार गरिएको छ । अन्य व्यक्तिहरु पनि कवाडी खानाभित्र हुनसक्ने आशंका गरिएको छ ।
कवाडी उद्योगमा लागेको आगो नियन्त्रण गर्न काठमाण्डौ र ललितपुरको दमकल पठाइएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्: