Swornakshar Logo

प्रदेशको स्थापनासंगै प्रदेशसभाले रफ्तार लिनेः प्रदेश प्रमुख

१८ माघ । काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले प्रदेशको स्थापना भएसंगै यसको अभ्यास सुरु भएको बताएका छन् । बागमती प्रदेशसभाको आज दास्रो वार्षिक दिवसका अवसरमा बोल्दै उनले संविधानमा भएका कानुन कार्यान्वयन चरणमा रहेको बताए ।

प्रदेश प्रमुख प्रसाइले अहिले नयाँ युगमा प्रवेश गरेको वताउँदै प्रदेशसभाको उत्तर उत्तर प्रगतीको कामना समेत गरे ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कार्यक्रममा बोल्दै नयाँ उत्साहका साथ अर्को वर्षका लागि बजेट बनाउने तयारीमा जुटेको बताए । अहिले प्रदेशका मन्त्रालय, संसद सचिवालय र संसदको आवासका लागि जग्गाको खोजी भइरहेको समेत बताए ।

मुख्यमन्त्री पौडेलले हेटौंडा–काठमाण्डौ छोटो दुरीको मार्गमा सुरुङमार्ग निर्माण गर्ने काममा लागिएको बताए । उनले आउँदो चैत महिना भित्रमा सुरुङमार्गको टेडण्डर निकाल्ने काम हुने बताए । सडक फराकिलो बनाउने स्थानमा फराकिलो पनि बनाउने र सुरुङ पनि बनाउने उनले बताए । सुरुङमार्ग निर्माणको काम पहिलो प्राथमिकतामा परेको उनले बताए ।

कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दुईवर्षको अवधिमा प्रदेशसभाबाट ४५ वटा विधेयक पारित भएर प्रदेश प्रमुखबाट प्रमाणिकरण भएको बताए । उक्त कार्यक्रममा प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इनद्रबहादुर बानियाँले प्रदेशको राजधानी आउने बाटो छिटो र छरितो रुपमा निर्माण गरिनुपर्ने बताए । दुईतिहाइको प्रदेश सरकारले बजेट प्रर्याप्त छुट्याएर काम गर्न पनि सुझाव दिए ।

प्रदेशसभामा नियमित सहभागि हुने महिला सांसदहरुलाई सम्मानित गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय सभाका सांसद तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी, प्रदेशसभाका सांसदहरु, मकवानपुरका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, विभीन्न मन्त्रालय र कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।