Swornakshar Logo

गृह मन्त्रालयमा सीआईबीद्धारा ललिता निवास प्रकरणको छानबिन प्रतिवेदन

१७ माघ । काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिनाको छानबिन गरी गृह मन्त्रालयमा प्रतिवेदन पेश गरेको छ ।

ब्यूरोका एसपी बेलबहादुर पाण्डेका अनुसार ब्यूरो टोलीले बुधबार गृहमन्त्रालयलाई प्रतिवेदन बुझाएको हो । सरकारले २०७५ फागुन २८ गते ललिता निवासको जग्गा हिनामिनाको अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको थियो ।

प्रतिवेदनमा जग्गा अनियमिततामा संलग्नहरुमाथि भ्रष्टाचार, ठगी र किर्तेको अभियोगमा कारवाहीको सिफारिस गरिएको छ ।

अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन तालुक प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमार्फत गृह मन्त्रालयमा बुझाईएको सीआईबीले बताएको छ ।