Swornakshar Logo

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी शौरभ राणा निलम्बित

१७ माघ । काठमाडौं । नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ शमशेर राणा निलम्बनमा परेका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि एसएसपी राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो ।

शुक्रबार संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणा बिरुद्ध झापाकी एकजना विवाहित महिलाले उजुरी दिएको बताइएको छ ।

महिलाले यौन दुर्व्यवहारको आरोप लगाउँदै केही दिनअघि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा उजुरी दिएकी थिइन् ।

यौन दुर्व्यवहारको आरोप लागेपछि बहालमा राखेरै अनुसन्धान गर्दा प्रमाण नष्ट गर्न सक्ने भन्दै उनलाई अनुसन्धानका लागि निलम्बनमा राखिएको प्रहरी हेडक्वार्टरले बताएको छ ।