Swornakshar Logo

मकवानपुरगढी ऐतीहासिक होः मुख्यमन्त्री डारमणी पौडेल

१० माघ । हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि ऐतिहासिक भएको बताएका छन् । तत्कालिन गोर्खाली सेनाको वीरतालाई विश्वसामु परिचित गराउने काम गढीले गरेको उनले बताए । मकवानपुरगढीको २५७ औँ विजयोत्सवको अवसरमा बोल्दै पौडेलले गोर्खालीको अदम्य साहसका कारण आज विश्वमा नेपालीको शिर उच्च रहेको बताए ।

गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक दिन गौरवपूर्ण र ऐतिहासिक दिन भएकोले यसको गरीमा कसैले पनि भुल्न नहुनेमा जोड दिए । अंग्रेजलाई पराजित गरेर गोर्खाली सेनाले नेपाललाई सार्वभौम र स्वतन्त्र देश कायम गरेको बताए ।

आजभन्दा २५७ वर्ष अगाडि भएको युद्धमा नेपालीले पराजय व्यहोर्नु परेको हुन्थ्यो भने आज नेपाल स्वतन्त्र देश हुँदैन थियो भन्दै, उनले आजको दिन नेपाली इतिहासमा महत्वपूर्ण रहेको गौरब गर्न सकिने बताए । मुख्यमन्त्री पौडेलले भने “ नेपालको पक्षमा लड्दा लड्दै ज्यान गुमाएका ३० जना तथा युद्धमा देशका लागि लडेर बहादुरी प्रदर्शन गरेका सम्पूर्ण वीर योद्धाहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु,”

मुगल बादशाह मिरकासिमको नेतृत्वमा रहेको अंग्रेज फौजलाई पराजित गरेको सम्झनामा शुक्रबार मकवानपुर जिल्लाको ऐतिहासिक किल्ला मकवानपुरगढी दरबारमा विजयोत्सव मनाइएको छ । मकवानपुरगढी गाउँपालिकाको आयोजनामा भएको विजयोत्सव कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको नेपालको राष्ट्रिय झण्डोत्तोलन तथा सेतो हात्तीको शालिक अनावरण गरेका छन् ।

विसं. १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई पराजित गरिएको सम्झनामा मकवानपुरगढी किल्लामा केही वर्षदेखि विजयोत्सव मनाउँने गरिएको छ । सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय स्थलमा समावेश भएको मकवानपुरगढी दरबार देशकै देशकै सबैभन्दा ठूलो र पुरानो गढी भएको मानिन्छ ।
तीन हजार अंग्रेजको फौजलाई मकवानपुरगढीबाट केही तल शिखरकटेरीबाट अघि बढ्न नदिएर तत्कालीन गोर्खाली फौजले पराजित गरेको थियो। उक्त स्थानमा तत्कालीन मकवानपरे राजा मुकुन्द सेनकी रानीले रानी चौतारा बनाउन लगाएकी थिइन । उक्त चौतरा अझै पनि रहेको छ । उक्त स्थानमा अझै पनि पुराना बन्दुकका नाल, गोलाहरू भेटिने गरेको स्थानीय बताउँछन् ।

चारैतिर अग्लो पर्खालले घेरिएको मकुन्दसेनको दरबार छ । त्यही दरबार पृथ्वीनारायण शाहको ससुराली पनि हो। हाल सो दरबारको भग्नावशेष देख्न सकिन्छ। मकवानपुरगढी किल्ला करिब १३५ रोपनी क्षेत्रमा फैलिएको छ। मकवानपुरगढी दरबार १६१० सालमा सेन वंशीय राजाको शासनकालमा निर्माण भएको बताइन्छ । गतबर्ष बिजयोत्सबको कार्यक्रममा राष्ट्रपति बिद्यादेबी भण्डारी सहभागि हुनुभएको थियो ।