Swornakshar Logo

जाडोमा अग्नि सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्नुस्ः प्रचण्ड

८ माघ । काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न आग्रह गरेका छन् ।

सभामुखका लागि सिफारिस सापकोटाका विषयमा माइतीघरमा मानवअधिकारवादीले प्रदर्शन गरिरहेका बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो ।
आफ्नै निवासमा बुधबार पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतीघरमा दुःख नगर्न आग्रह गरेका हुन् । ‘‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो । अब साथीहरूले किन दुःख गरेका हुन् जाडोमा,’’ दाहालले भने । नेकपाले सर्वसम्मत रूपमा सापकोटाको नाम सिफरिस गरेको र प्रतिपक्षी दलहरूले समेत समर्थन गरेको अवस्थामा माइतीघरमा दुःख नगर्न प्रचण्डले सुझाव दिए ।

प्रचण्डले सापकोटाविरुद्ध कुनै मुद्दा नै नभएको पनि दाबी गरे । ‘उहाँ ९सापकोटा० माथि केही पनि छैन । बेकारको कुरा हो त्यो । हाम्रो पार्टी त सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सा¥यौं । हिजो प्रतिपक्षी र अरू पार्टीले समेत उहाँलाई समर्थन गरिसकेपछि सिंगो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतीघरमा साथीहरूले दुःख नगरे हुन्थ्यो,’’ प्रचण्डले भने ।

यसअघि बुधबार दिउँसो मानवअधिकारवादीहरूले अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै विरोध प्रदर्शन गरेका थिए । ‘हत्या घटनामा अनुसन्धानका क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाऊ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानवअधिकार र कानुनी शासनको सम्मान गर’ भन्ने नारासहित अधिकारवादीहरूले प्रदर्शन गरेका थिए ।