Swornakshar Logo

मैले अध्यक्षलाई होइन एक ठगलाई हानेको होः दीपक मनाङे

८ माघ । काठमाडौं । मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप फुटबलको उद्घाटन कार्यक्रममा सांसद दीपक मनाङले आयोजक संस्थाका अध्यक्ष तथा एन्फा कास्कीका अध्यक्ष गुरुङलाई झापड हानेका थिए ।

सांसद मनाङले अध्यक्ष मिलन गुरुङलाई झापड हान्दा ठूलो इस्यू बनाइएको बताएका छन् ।

मनाङेले बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष गुरुङलाई ठग बताएका छन् । उनले अध्यक्षलाई नभइ एक ठगलाई झापड हानेको पनि बताए ।

अध्यक्ष मिलन गुरुङले पैसा नभएको चेक दिएको फोटोकपी देखाउदै उनले आक्रोश हुँदै पत्रकारहरुसँग प्रश्न गरे तपाईंको अठार जना बच्चा अलपत्र पर्दा के हुन्छ सोच्नुभको छ ? उनले भने, मैले एउटा ठगलाई हान्दा किन यत्रो कुरा ?

अध्यक्ष जस्तो मान्छेले झापड हान्दा तपाईंको पदलाई स्वभा दियो त ? भन्ने प्रश्नमा मनाङले आफूलाई ठिकै लागेको बताए । तपाईंलाई मन परेन त्यो तपाईको समस्या हो ।

अध्यक्ष मिलनविरुद्ध आफूले ५० वटा जाहेरी दर्ता गराउँन सक्ने पनि उनले दावी गरे । म विरुद्ध जाहेरी दिने ? मैले त्यस्ता जाहेरी त ५० वटा दिन सक्छु उनले भने ।