भन्सार छली गरी ल्याएका डेढ करोडभन्दा बढी मूल्यका मोबाइलसहित दुई जना पक्राउ

८ माघ । काठमाडौं । विभिन्न ब्राण्डका ६ सय ३४ थान मोबाइल भन्सार छली गरी ल्याउँदै गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । डोटीका उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर–१ का ईन्द्रबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले नागढुंगा चेक प्वाइन्टबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मोबाइलको अनुमानित बजार मूल्य करिब १ करोड ५० लाख रूपैयाँभन्दा बढी रहेको बताइएको छ ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको डीएल २ सीएटी ७०१७ नम्बरको इनोभा कारमा उनीहरूले कारको सिट, डिकीलगायत विभिन्न स्थानलाई फल्स बटम बनाएर ल्याएको थानकोट प्रहरीले बताए ।
प्रतिक्रिया दिनुहोस्: