Swornakshar Logo

सभामुखमा अग्नि सापकोटा एक्लैको उम्मेदवारी

७ माघ । काठमाडौं । सभामुख पदको उम्मेदवार दर्ताका लागि संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले मंगलबार ११ बजेदेखि २ बजे सम्मको अवधि दिएका थिए । जस्मा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्निप्रसाद सापकोटा मात्रै उम्मेदवारी परेका छन् ।

मंगलबार ११ बजेदेखि २ बजेभित्रको समयमा नेकपा सापाकोटाबाहेक अन्य दलबाट सभामुखमा उम्मेदवारी नपरेको संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले बताए ।

प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी काँग्रेस, राजपा र समाजवादी पार्टी नेपालबाट उम्मेदवारी नपरेको संघीय संसद सचिवालयले बताएको छ । सभामुख निर्वाचनका लागि माघ १२ गते संसद बैठक बोलाइएको छ ।