सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने नेकपाको निर्णय
५ माघ । काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभाको सभामुख पदको उम्मेदवार अग्नि सापकोटालाई बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले बताए ।
आइतबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच अग्नि सापकोटालाई उम्मेदवार बनाउने सहमति भएपछि सचिवालय बैठकले औपचारिक निर्णय गरेको हो ।
तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: