Swornakshar Logo

सभामुखमा शिवमायालाई कुनै पनि हालतमा स्वीकार नगर्नेः प्रचण्ड

२ माग । काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । सभामुख कसलाई बनाउने भन्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको स्रोतले बताएको छ ।

भेटवार्ताको क्रममा (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई कुनै पनि हालतमा सभामुखमा स्वीकार गर्न नसकिने बताएका छन् । केहि दिनको मौनतापछि प्रधानमन्त्री समेत रहेका ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बिहीबार बालुवाटारमा झण्डै २ घण्टा छलफल भएको हो ।

उपसभामुख डा‍. शिवमायालाई प्रचण्डले अस्वीकार गरेसँगै अध्यक्ष केपी ओलीले सभामुखका अर्काृ उम्मेदवार सुवासचन्द्र नेम्वाङ बारे खुलेर असन्तुष्टि नजनाएको ओली सचिवालयले बताएको छ ।

नेकपाभित्रै सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकरुपता नभएपछि केही दिनयता उनीहरुबीच संवाद नै टुट्न पुगेको थियो ।

अध्यक्षका बीचमा माघ ६ गतेको बैठक बस्नुअघि उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा गर्ने र नेकपाको तर्फबाट सभामुखका लागि उम्मेदवारी दर्ता गर्नेमा एकमत भएका छन् ।

छलफलका क्रममा दुई अध्यक्षले नेकपा वरिष्ठ नेता माधव नेपालसँग पनि फोनमा छलफल गरेका छन् । यसै क्रममा उनीहरूबीच एक दुई दिनमा सचिवालय बैठक राखेर उम्मेदवार तय गर्ने सहमति भएको छ ।