Swornakshar Logo

बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट

१ माघ । काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । उक्त बम विस्फोट विप्लव समूहले गरेको खुलेको छ ।

काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा रहेको ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको हो ।

विप्लव समूहले एक विज्ञप्ती जारी गर्दै ललिता निवास परिसरको ११५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने प्रपञ्चका मुख्य योजनाकार भएका कारण उनको घरमा विस्फोट गराइएको विज्ञप्तीमा उल्लेख छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका अनुसार विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको कार र गेटमा क्षति पुगेको छ । साथै घरका झ्यालका सिसा फुटेका छन् । विस्फोटका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।