Swornakshar Logo

२० करोड घुस प्रकरणः बी एण्ड सीका मालिकविरुद्ध मुद्दा दायर

२९ पुस । काठमाडौँ । २० करोड घुस मागेको झुटो आरोप लगाएको भन्दै बी एण्ड सी मेडिकल कलेजका मालिक विरुद्ध मुद्धा दायर गरेको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मेडिकलका मालिक दुर्गा प्रसाई विरुद्ध मुद्दा दायर गरेका छन् ।

गिरीले जिल्ला अदालत काठमाडौँमा गाली वेइज्जतीको मुद्दा दायर गरेका हुन् ।

पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए ।

लगत्तै गिरीले पनि पत्रकार सम्मेलन गरेर आरोप झूटो भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए ।