Bagmati Samachar Logo

प्रदेश ३ को नाम र स्थायी राजधानी कायम गर्न भोली विहान ९ बजे मतदान

२६ पुस । हेटौंडा । प्रदेश नम्बर–३ को नाम र स्थायी राजधानीकोलागि भोली प्रदेश सभामा मतदान हुने भएको छ ।
प्रदेशसभा गठन भएको झण्डै दुईवर्ष पछी प्रदेशले नाम र स्थायी राजधानी पाउने भएको हो । जुन भोली प्रदेश सभाबाट मतदानद्धारा पास हुने छ ।

नाम र राजधानीका लागि आज संसदमा छलफल पछी भोली विहान ९ बजेका लागि सभामुख सानुकुमार श्रेष्ठले बैठक बोलाएका छन्। प्रदेशले हाल सम्म पनि नाम र स्थायी राजधानी तोक्न सकेको थिएन ।

भोली बिहान ९ वजेबाट मतदान हुने भएको छ । सभामुख भन्दा बाहेक एक सय ६ जना सांसदले स्थायी राजधानी हेटौंडाको पक्षमा मतदान गर्ने पक्का भएको छ । यता प्रदेशको नाम वागमतीमा भने सबैदलका सांसदहरुले मतदान गर्ने निश्चित भएको छ ।

नामका विषयमा कुनैपनि दलका सांसदहरु विभाजित भएका छैनन् । तर, प्रदेश राजधानीका पक्षमा साझा र विवेकशील पार्टीका तीन जना सांसदले काभ्रे राजधानीका लागि संसदमा प्रस्ताव दर्ता गराएका छन् ।

भोली बिहान खुल्ला मतदानको व्यावस्था संसद सचिवालयले गरेको छ । मतदानपछी प्रदेशले स्थायी राजधानी र नामाकरण हुने छ । प्रदेश नम्बर ३ मा एक सय १० जना सांसद रहेका छन् । सवै भन्दा बढी नेकपाको मात्र ८० जना सांसद रहेका छन् ।

आजको प्रदेशसभा बैठकमा सत्तारुढ नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौंडाको प्रस्ताव पेश गरेका छन्।
पौडेलको प्रस्तावमा समर्थक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रिता माझी र राप्रपा प्रजातान्त्रीककी सांसद रिना गुरुङले प्रदेशसभा बैठकमा समर्थन जनाए । राजधानीका विषयमा सांसदहरुले भाग लिएर आफ्ना कुरा राखेका थिए ।
सभाको शनिवारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नाम बाग्मती प्रस्ताव पेश गरेका थिए। बानियाँको प्रस्तावमा सत्तारुढ नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङले लगायतका दलका सांसदले समर्थन जनाएका थिए ।
यसैगरी विवेकशील नेपाली र साझा पार्टीले काभ्रेको धुलिखेलमा राजधानी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेका छन् । नामका विषयमा सांसद प्रेम तामाङले असमती जनाएपनि उनले विमत्तिको नाम दर्ता गराउन प्रस्तावक र समर्थक नपाएपछी दर्ता गराउन सक्नुभएन ।