Swornakshar Logo

राजपा केन्द्रीय सदस्य ठगी गरेको आरोपमा पक्राउ

२३ पुस । काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्य सर्लाही बरहथवाका रामबाबु राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले यादवलाई मिटरब्याजमा ऋण दिई ठगी गरेको आरोपमा हरिपुर नगरपालिकाबाट पक्राउ गरेको हो । यादवको मिटरब्याज ऋणबाट सर्लाही आसपासमा करिब १५ सयजना पीडित छन्।

पीडितहरुले बुधबार गृहमन्त्रालयमा आएर न्याय माग्दै मंगलबार नेकपाका शीर्ष नेता, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई भेटेर गुनासो गरेका थिए ।