Swornakshar Logo

राजधानी टुंगो लगाउन प्रचण्डले काठमाण्डौ बोलाए प्रदेश तीनका नेता

२१ पुस । हेटौडा । ३ नं .प्रदेशको सत्तारुढ दलको संसदिय दलको तीन दिनसम्म चलेको बैठकले राजधानबारे निर्णय गर्न सकेन । निर्णय गर्न नसकेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा प्रदेश तहका शिर्ष नेता तथा केहि मन्त्रीहरुलाई काठमाण्डौँ बोलाएका छन् । प्रचण्डले नेकपा नेताहरु अष्टलक्ष्मी शाक्य, पशुपति चौँलागाई, राजेन्द्र पाण्डे लगाएतका नेताहरुसँग भेटने तयारी गरेका छन् ।
राजधानीको विषयमा संसदीय दलले निर्णय गर्न नसकेपछि प्रचण्डले आज ति नेताहरुलाई काठमाण्डौँ बोलाएका हुन् ।
नेकपा स्रोतका अनुसार प्रचण्ड तथा पार्टी महासचिव विष्णु पौडेलले नेताहरुसँग भोली छलफल गर्ने कार्यक्रम रहेको छ ।
नेकपाका एकजना सांसदले भने हामीले संसदीय दलको बैठकमा बोल्ने क्रम सकेका छौ । तर सहमति नहुँदा केन्द्रले हाम्रा शिर्ष नेताहरुलाई काठमाडौं बोलाएको हो ।

हामी पनि हेटौँडाको विपक्षमा नरहेको तर केन्द्रलेनै निर्णय गरिहाल्नुपर्ने अवस्थाको भने सृजना नभएको उनले बताए । अभोली (मंगलबार)सम्म यो विषयकोनिर्णय हुने छ ।