Swornakshar Logo

इरान ध्वस्त पारिदिने धम्की पछि ट्रम्पको टाउकोको मूल्य तोक्यो

२१ पुस । काठमाडौं । इरान र अमेरिकाबीच युद्ध सुरु हुने देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिकाबीच द्वन्द्व बढेको छ । द्वन्द्व बढिरहेकै क्रममा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य तोकेको छ ।

इरानको यस्तो आक्रोशले दुई देशबीचको सम्बन्ध झन् चुलिने देखिएको छ । उता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इरानले हमला गरेमा ध्वस्त पारिदिने धम्की दिएका छन् ।

आफ्ना जनरल सुलेमानी अमेरिकी हमलामा मारिएपछि इरान आक्रोशित हुँदै ट्रम्पको टाउकोको मूल्य तोकेको हो । सुलेमानीको अन्तिम संस्कारका क्रममा इरानको एक संस्थाले अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकोको मूल्य ८० मिलियन डलर अर्थात् करिब ९ अर्ब २ करोड रुपैयाँ तोकेको हो ।

इरानको मसादमा उनको अन्तिम संस्कार गरिएको छ ।