प्रतिव्यक्ति १ हजार जरिवानामा १ सय २२ चिनियाँ नागरिकलाई छाड्न निर्देशन

२० पुस । काठमाडौं । जिल्ला प्रशासन कार्यालयले गैरकानुनी गतिविधि गरेको आरोपमा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई १ हजार रुपैयाँ जरिवाना तिराएर छाड्न प्रहरीलाई निर्देशन दिएको छ । तर चिनियाँहरूले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निष्कासनका लागि पुनः हिरासतमा लिइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार उनीहरूलाई सोमबार अध्यागमन विभागको जिम्मा लगाइने छ ।
७ पुसमा काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: