Swornakshar Logo

नेकपा सचिवालय बैठक बिना निष्कर्ष टुंगियो,भोली फेरी बस्ने

१७ पुस । काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको चयन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले उम्मेदवार छनोटमा विवाद देखिएपछि कुनै निर्णय लिन सकेन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अर्को बैठक शुक्रबार बिहान साढे ८ बजे बोलाइएको छ ।
आजको बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन गर्ने प्रस्तावमाथि छलफल भए पनि कुनै निर्णय नभएको उनले बताए । राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ । जसमा १८ जना सदस्य निर्वाचित भएर आउने छन् । सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित हुन्छन् ।