प्रधानमन्त्री निवासमा सुरु भयो नेकपा सचिवालय बैठक

१७ पुस । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
सचिवालयको बैठकमा पार्टी अध्यक्षद्वय (प्रधानमन्त्री) केपी शर्मा ओलीसहित सचिवालयका सबै नेताहरुको सहभागिता छ ।
उक्त बैठकमा आगामी माघ ११ गते तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्धारको चयन र सभामुखको उम्मेद्धारको चयन लगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्: