Swornakshar Logo

एमसीसी स्वीकार गरे घातक हुने नेता नेपालको दाबी

एमसीसी स्वीकार गरे घातक हुने नेता नेपालको दाबी

१५ पुस । काठमाडौं । अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहायता नेपालले स्वीकार गरे नेपाललाई नै घातक हुने पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल बताउँछन् ।

एमसीसी परियोजना इन्डो प्यासिफिक रणनीतिसँग जोडिएको हँदा र यो रणनीति चीन, उत्तर कोरिया र रुसविरुद्ध उभिएको छ । र कुनै देशको विरुद्ध खडा भएको गठबन्धनको अनुदान हामीले स्वीकार गरे हामीलाई दीर्घकालीन घातक हुने नेता नेपालले बताए । इन्डो प्यासिफिक रणनीति भनेको अरुलाई कमजोर पारी अमेरिकालाई शक्तिशाली बनाउने रणनीतिमा बनेको गठबन्धन भएको पनि उन्ले दाबी गरे ।

पाँच वर्षभित्र नेपालमा करिब ५५ अर्ब रुपैयाँ खर्च गर्ने गरी अन्तरदेशीय प्रसारणलाइन तथा अन्य संरचना निर्माणको लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालकै लागि घातक हुने नेता नेपाल बताउँछन् ।

नेपालले मंगलबार हेटौंडामा पार्टीका वडा कमिटी सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा एउटाको विरुद्धमा अर्काको पक्षमा लाग्न नहुने भन्दै उनले एमसीसी कसैको विरुद्ध नभई आर्थिक विकासको निम्ति मात्रै हो भने मात्र स्वीकार गर्न सकिने बताए ।

त्यसैगरि नेता नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भूभाग भएको दाबी गर्दै भारतले उक्त भूमि नक्साबाट हटाउनुपर्ने बताए । भूमि अतीकर्मणको बिषयमा नेपाली कांग्रेस पनि सकारात्मक रहेको भन्दै अब सँगै मिलेर राष्ट्रियताको लडाईं लड्नुपर्ने उनले बताए ।