वैद्य समूहका नेता सीपी गजुरेल प्रहरी नियन्त्रणमा

१३ पुस । काठमाडौं । मोहन वैद्य समूहका नेकपा (माओवादीका) नेता सीपी गजुरेलला्ई प्रहरीले नियन्त्रणमा लिएका छन् । भारतले नेपालको सीमा अतिक्रमण गरेको विरोधमा राजधानीको माइतीघरमा प्रदर्शन गरिरहेको क्रममा नेता गजुरेलला्इ पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बूढाथोकीले बताएे ।
माइतीघरतर्फबाट जबरजस्ती जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले झडप गरेको बताइएको छ । झडपको क्रममा वैद्य माओवादीका अरु केही कार्यकर्ता पनि पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस्: