Swornakshar Logo

हेटौंडामा पहिलो पटक साइक्लिङ्ग अफरोड च्याम्पियनसिप

१२ पुस । हेटौंडा । हेटौंडामा पहिलो पटक साइक्लिङ्ग अफरोड च्याम्पियनसिपको आयोजना पुरा भएको छ ।

मकवानपुरगढी गाउँपालिकाको कार्यालय, लक्ष्मण साइकल स्र्टोस र न्यू आर्यतारा ज्वेर्लस हुप्रचौर लगायत विभिन्न संघ संस्थाको सहयोगमा च्याम्पियनसिप आयोजना हुन लागेको आयोजकले बताए ।

भ्रमण वर्ष २०२० को अवसरमा पारेर साइक्लिङ्ग च्याम्पियनसिपको आयोजना गरेको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए ।

शनिबार विहान ८ बजेबाट सामरीपुलबाट सुरु भएको च्याम्पियनसिपमा सहभागिहरु म्कवानपुरगढीको वडा ५ र ६ साविक आमभञ्ज्याङको डुम्रेकुना बाट वडा २ बाँसपानी हुदैं शिकरकटेरी वडा ३ को मक्रान्चुली पुगिने रुट रहेको अध्यक्ष ताम्राकारले बताए ।

च्याम्पियनसिपमा प्रथम हुनेले ५० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार नगद प्राप्त गर्ने भएका छन् । त्यसैगरी च्याम्पियनसिपमा सहभागिता मध्ये ४० वर्ष माथीको एक जना साइकललिस्ट लाई उत्कृष्ट घोषित गरि २० हजार बराबरको साईकल पुरस्कार प्रदान गरिने पनि आयोजकले बताएको छ ।