Swornakshar Logo

विप्लव समूहकी केन्द्रीय सदस्य उमा भुजेल पक्राउ

१२ पुस । काठमाडौं । शनिबार बिहान सुनसरीको बरोलाबाट नेत्रविक्रम चन्द (विप्लव) समूहकी केन्द्रीय सदस्य उमा भुजेल पक्राउ परेकी छन् । भुजेल सहित सुमनसिंह पौडल पनि पक्राउ परेका छन् । भुजेल मेची कोसी ब्यूरो इञ्चार्ज समेत हुन् ।

भुजेल तत्कालीन माओवादीका तर्फबाट २०५७ साल चैत १७ गते गोरखा जेलब्रेक गर्ने महिलाको समूहको प्रमुख सदस्य पनि हुन् ।

उनीहरुलाई प्रदेश नम्बर १ प्रहरी र प्रहरीको विशेष ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।

भुजेलका साथबाट प्रतिबन्धित नेकपासम्बन्धी महत्वपूर्ण कागजात बरामद भएको प्रहरीले बताएको छ ।