Swornakshar Logo

हेटौंडामा पोखे सडक मजदुरले पीडाः ९१ वर्षको उमेर सम्म नाली सोर्दा पनि सरकारले हेरेन

११ पुस । हेटौंडा । हेटौंडामा भेला भएका देशभरका सडक मजदुरहरुले सडक र नाली सफा गर्ने काम गर्ने मजदुरको सरकारी निकायबाट उपेक्षा गरिएको बताएका छन् ।

९१ वर्षको उमेर हुदासम्म पनि सडक मजदुरको रुपमा काम गर्दै आएकाहरुलाई उपेक्षा गरिएको उनीहरुको गुनासो छ । नेपाल सडक मजदुर टे«ड युनियनको छैठौ राष्ट्रिय महाधिवेशनका हेटौंडामा सुरु भएको छ ।
सडक र नाली सफाइको काम गर्दै आएका मजदुरलाई सरकारले उपेक्षा गरेको युनियनका केन्द्रीय अध्यक्ष निराजन पाण्डेले बताए । देशैभरीका ३५ वटा सडक डिभीजन कार्यालय अन्तर्रगत कार्यरत ७७ जिल्लामा ५ हजार जना सडक मजदुर छन् । तर, उनीहरुका लागि सरकारले उपेक्षा गरेको गुनासो गरिएको छ । देशैभरका मजदुर ज्यालादारी र करारमा मात्र कार्यरत छन् ।

सडकमा कुनै खाल्डाखुल्डी, नालीमा पानी जमेको वा कुनै समस्या आएमा सवै भन्दा पहिले सडक मजदुर पुग्ने भएपनि आफुहरुलाई उपेक्षा गरिएको हेटौंडामा आएका मजदुर विष्णु प्रसाद अधिकारी वताउनुहुन्छ । सडक मजदुरको रुपमा ९१ वर्ष सम्मका बृद्धाहरु पनि कार्यरत छन् । उनीहरु अव घर फर्कदा रित्तोहात फर्कनुपर्ने बाध्यता रहेको छ ।
सडकको नालीमा घरमालिकहरुले दिसा, पिसाव, फाहोर फान्ले हुनाले सफा गर्नुपर्ने बाध्यता छ । तैपनि उपेक्षा गरिएको सडक डिभीजन कार्यालय धनकुटा अन्तरगतका मजदुर तोरण मगरको गुनासो छ ।

सडक मजदुर युनियनको छैठौ राष्ट्रिय महाधिवेशन हेटौंडामा

नेपाल सडक मजदुर ट्रेड युनियनको छैठौ राष्ट्रिय महाधिवेशन हेटौंडामा भएको छ । सडक मजदुरका वषौदेखिका समस्या पोख्दै महाँधिवेशन हेटौंडामा भईरहेको हो । देशभरका पाँच हजार सडक मजदुरका एक सय ८ जना प्रतिनिधि हेटौंडामा भेला भएका हुन् । उनीहरुले आफ्ना समस्या राख्दे आएका छन् ।