Swornakshar Logo

इन्द्रसरोवरमा सुमो दुर्घटनाः मृतकको संख्या ६ पुग्यो

११ पुस । मकवानपुर । मकवानपुरमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । अन्य २ घाइतेको उपचार भइरहेको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक ना १ ज ३४३३ नम्बरको सुमो शुक्रबार दिउँसो अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
दुर्घटनामा परी माउन्ट एभरेस्ट बोर्डिङ स्कुल चन्द्रनिगाहपुरका शिक्षक मनिस विक र उनकी श्रीमतीको मृत्यु भएको छ । यसैगरी २ जना रौतहटको नजरपुर, एक जना चन्द्रनिगाहपुरका र अर्का एक व्यक्तिको मृत्यु भएको बताइएको छ । उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।