Swornakshar Logo

प्रदेश ३ मा पर्यटक भित्रयाएर टिकाउनुपर्छ–मन्त्री नेपाल

११ पुस । हेटौंडा । प्रदेश ३ काउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले पर्यटक भित्रयाउने र टिकाउनेगरी काम गर्नु पर्ने बताए ।
होटल एसोसिएशन मकवानपुरको आयोजनामा पर्यटन वर्ष २०२० का अवसरमा आज हेटौंडाको हुप्राचौरमा आयोजित नवौ खाना महोत्सवको उद्घाटन् गर्दै मन्त्री नेपालले यस्तोकुरा बताएका हुन ।
उनले भने ‘अवको एक दशक पर्यटक पूर्वाधार निर्माणको दशकका रुपमा प्रदेश सरकारले काम गर्न थालेको छ ।’ भ्रमण वर्षलाई सफल वनाउनका लागि आग्रह गर्दै मन्त्री नेपालले भने–‘मकवानपुरको इन्द्रसरोवर धेरै ठुलो पर्यटकिय गन्तव्य बन्न सक्छ । भिजिट वर्षलाई सवैले सफल पार्नुपर्छ । हेटौंडामा टाओर निर्माण गर्नका लागि सहयोग गछौं ।’
प्रदेश सरकारको वजेटको ठुलो हिस्सा पर्यटकिय क्षेत्रको विकासको काममा लागेको नेपालले बताए । कार्यक्रममा संविधान सभाका सदस्य अनन्त पौडेल, राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णु ओझा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतले आफ्नो भनाइ राखेका थिए ।


यसैगरी मकवानपुर पर्यटकिय पथ तथा प्रदर्शन पुस्तिीकाको आजै मन्त्री नेपालले विमोचन गर्नुभएको छ । हेटौंडाका लेखक केदार प्रसाद न्यौपानेले लेख्नुभएको पुस्तकको महोत्सवका अवसरमा विमोचन गर्नुभएको हो ।