Swornakshar Logo

सुवासचन्द्र नेम्वाङ सभामुख, तुम्वाहाम्फे मन्त्री

१० पुस । काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा नेता सुवासचन्द्र नेम्वाङ हुने भएका छन् । सभामुख हुने दाउमा रहेकी उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई मन्त्री बनाउने बिषयमा सहमति भएपछि नेम्वाङ सभामुख पदमा हुने भएका छन् ।

नेकपाका दुवै अध्यक्षको रोजाइमा परे पछि नेम्वाङ सभामुख पदमा हुने पक्का भएका हुन् । नेकपाका तर्फबाट सभामुख पदको दौडमा अग्नी सापकोटा, पम्फा भुषाल र तुम्वाहाम्फे थिए ।

एमालेभित्रका सबै नेताहरु नेम्वाङलाई सभामुख बनाउने बिषयमा एकमत भएको र अग्नीलाई सभामुख बनाउन देव गुरुङ लगायतका नेताले असहमति जनाएको र पम्फाका बिषयमा दलभित्र छलफल नभए पछि नेम्वाङ एक्ला दावेदार रहेका नेकपाका नेताहरु बताउँछन् ।

सभामुख बन्न उपसभामुख तुम्वाहाम्फेले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई गुहारे पछि राष्ट्रपति भण्डारीले तुम्वाहाम्फेको पक्षमा नेकपा स्थायी समिति बैठक बसिरहेकै बेला लविइङ गरेपनि नेकपाका अध्यक्षद्धयको रोजाइमा भने नेम्वाङ नै परेको एक स्थायी समिति सदस्यले बताए ।

उपसभामुख शिवमाया तुम्वाहाम्फेले सभामुख निर्वाचनका लागि मार्गप्रसस्त गर्न उपसभामुखबाट राजिनामा दिने भएकी छन् ।