Swornakshar Logo

सशस्त्रका इन्स्पेक्टर र हवलदार अख्तियारको फन्दामा

१० पुस । काठमाडौं । रुपन्देहीको विष्णुपुराबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र हवलदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रङ्गेहात पक्राउ गरेको छ ।

उनीहरुले भारतबाट भन्सार छलेर ल्याएको सामानमा मिलाइदिने भन्दै सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको बुटवलका प्रवक्ता सुरेश भुषालले बताए ।

उनीहरु रुपन्देहीको विष्णुपुरा सशस्त्र प्रहरी बेस क्यापमा कार्यरत थिए । उनीहरु दुवैलाई अख्यिारको बुटवल कार्यालयमा ल्याइएको छ ।