Swornakshar Logo

राष्ट्रपति भन्डारीद्वारा गैरआवासीय राजदूत नियुक्त

९ पुस । काठमाडौं । राष्ट्रपति विद्यादेवी भन्डारीले गणतन्त्र फिलिपिन्स, मोनाको, न्युजिल्यान्ड र इटालीका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २ सय ८२ को उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका लागि नेपाली राजदूत उदयराज पान्डेलाई फिलिपिन्स, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलाई मोनाको, अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई न्युजिल्यान्ड र स्वीट्जरल्यान्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईलाई इटालीको गैरआवासीय राजदूतमा आज नियुक्त गरेकी हुन् ।