Swornakshar Logo

एमसीसीसँगको सम्झौता पारित गरे प्रतिरोध गर्ने विप्लव नेतृत्वको नेकपाको चेतावनी

७ पुष । काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी संसदको हिउँदे अधिवेशनबाट पारित भए प्रतिरोध गर्ने चेतावनी दिएको छ । अमेरिका र नेपाल सरकारबीच भएको सम्झौता र सो सम्झौतालाई संसदबाट पारित गर्ने तयारी प्रति गम्भीर आपत्ति जनाएको छ । सो पार्टीले आज एक विज्ञप्ति जारी गरी उक्त सम्झौता संसदको हिउँदे अधिवेशनबाट पारित गर्ने तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा अमेरिकी साम्राज्यवादी शक्तिले दक्षिण एसिया र नेपाललाई प्रयोग गर्ने दुष्ट, कुत्सित नियतले अमेरिकाले नेपाललाई मोटो रकम गुलियो विषमार्फत फसाउन एमसीसी सम्झौतामा फसाउने षडयन्त्र गरिएको दाबी गरिएको छ । विज्ञप्तिमा सबै पक्षलाई उक्त सम्झौताका विरुद्धमा उत्रिन समेत आह्वान गरिएको छ ।