Swornakshar Logo

उपत्यका बाट गैरकानुनी गतिविधिमा संलग्न ८६ जना विदेशी नागरिक पक्राउ

७ पुस । काठमाडौं । काठमाडौंमा बसेर गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले ठूलो संख्यामा विदेशी नागरिकलाई पक्राउ गरेको छ । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले ‘विशेष अपरेसन’ चलाएर मनमैजु, ठमेल, बूढानीलकण्ठ लगायतका क्षेत्रबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महिला र पुरुष दुबै चिनियाँ नागरिक रहेका छन् ।
नेपालमा पर्यटक भिसामा आई गैरकानुनी गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइहरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।

अपराधको प्रकृति र बाँकी विवरण आउन बाँकी छ,’ प्रहरी स्रोतले बतायो । प्रहरीले पक्राउ परेकाहरुबाट ल्यापटप, मोबाइल नगदलगायत समेत बरामद गरेको बताइएको छ ।