Swornakshar Logo

एमसीसीबारे सहमति नजुटे पछि निर्णय गर्ने अधिकार सचिवालयलाई

६ पुस । काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे आवश्यक छलफल गरी निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ।

मंसिर २९ गतेदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी स्थायी समिति बैठकमा एमसीसीबारे सहमति जुट्न नसकेपछि यसबारे निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको स्थायी समिति सदस्य भीम रावलले बताए ।

एमसीसीबारे बुझ्नु पर्छ, अमेरिकी सरकारले यो इन्डो प्यासेफिक स्टाटेजीको अंग भए नभएको बारे प्रष्ट गर्नुपर्छ’, नेता रावलले भने, त्यसपछि प्रधानमन्त्रीसहित सचिवालयका सदस्यहरुले अन्तिम निर्णय गर्ने भन्ने निर्णय भएको हो।’

उनले अध्यक्षद्वयबाट प्रस्तुत राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको बताए । त्यस्तै बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको उनले बताए।