Swornakshar Logo

विप्लप समुहका नेता विरबहादुर घलान (ज्वाला) पार्टी परित्याग पछि हिरासत मुक्त

६ पुस । हेटौंडां । विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरका जिल्ला इन्चार्ज विरबहादुर घलान (ज्वाला) पार्टी परित्याग गरे पछि हिरासत मुक्त भएका छन् । उनलाई भीमफेदी कारागारमा राखेको थियो ।

उनले एक विज्ञप्ती जारी गर्दै आफु अब स्वतन्त्र रुपमा रहने र विप्लप नेतृत्वको पार्टी परित्याग गरेको बताएका छन् ।

उनिसंगै मनहरी २ वस्ने राजकुमार पाख्रीन, थाहा नगरपालिका वडा नम्बर ८ वस्ने सुरज थिङले पनि पार्टी परित्याग गरी स्वतन्त्र रुपमा जिवनयापन गर्ने विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।