Swornakshar Logo

हतियारसहित विप्लव समूहका ५ नेता पक्राउ

७ पुस । काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका केन्द्रीय सदस्यसहित ५ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको बिशेष ब्युरोले उनीहरुलाई हतियार र विष्फोटक पदार्थसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विप्लवका केन्द्रीय सदस्य सन्दिप लामा (शिशिर), केन्द्रीय कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यलय सचिव वकिल घर्तीमगर (खनिल), सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र उदयपुर जिल्ला सदस्य दुर्खाबहादुर तामाङ रहेका छन् ।
साथै उनीहरुका साथबाट व्याट्री, तार र एकथान पेस्तोल र विभिन्न कागजात बरामद गरेको प्रहरीले बताएको छ ।