Swornakshar Logo

प्रचण्डपत्नी सीता रामदेवको आश्रममा (तस्बिरसहित)

४ पुस । काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल उपचारकोलािग भारतीय योग गुरु रामदेवको आश्रममा पुगेकी छिन् । छोरी गंगा दाहाल र नेकपाका स्थायी कमिटी सदस्य मातृका यादवसँगै सीता रामदेवको आश्रममा उत्तराखण्डकको हरिद्धार पुगेकी हुन् ।

सीता लामो समयदेखि पार्किन्सनको लक्षण देखिने दुरुह रोगबाट ग्रसित छन् । रोगले च्याप्दै जाँदा हिँडडुलमा मात्र नभई उडबसमा पनि समस्या देखिन थालेपछि सीतालाई केही समयअघि अमेरिका पनि लगिएको थियो ।


उपचारकै लागि सीतालाई योग गुरू रामदेवको आश्रमका पुर्‍याइएको परिवारले जानकारी दिएको छ । योग गुरु रामदेवका अतिरिक्त आचार्य बालकृष्णसँग पनि भेट गरेको तस्बिर छोरी गंगा दाहालले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।