Bagmati Samachar Logo

संसदको हिउँदे अधिवेशन सुरु

४ पुस । काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ । अधिवेशन अपरान्ह ४ बजे बस्ने भएको हो ।
उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा सो अधिवेशन सुरु भएको हो ।

अधिवेशन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि अधिवेश औपचारिक रुपमा सुरु भएको हो ।
त्यसैगरी, शुक्रबार नै राष्ट्रियसभाको बैठकमा पनि अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन आव्हान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

यस्तै संसद संचालन नहुँदा भएका सरकारका कामबारे जानकारी गराउने र सांसदहरुले सार्वजनिक महत्वका विषयमा संसदमा छलफल गर्ने कार्यसूचि रहेको संसद सचिवालयले बताएको छ । हाल विभिन्न संसदीय समितिमा १५ विधेयक विचाराधीन छन् भने केही नयाँ विधेयक दर्ता भएका छन् ।