Swornakshar Logo

प्रधानमन्त्री र प्रचण्ड बीच सचिवालयको संख्या बढाउन सहमत

४ पुस । काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपि शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच
नेकपाको जारी स्थायी समितिमा उठेका विषयलाई कसरी जवाफ दिने र समाधान गर्ने छलफल गरेका छन् साथै समितिमा सदस्यहरूले राखेको धारणालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

हालसम्म स्थायी समितिमा बोल्ने ४२ स्थायी समिति सदस्य र चार वैकल्पिक स्थायी कमिटी सदस्यले धारणा राखिसकेका छन् । अब अध्यक्षद्वय र महासचिव विष्णु पौडेलले बोल्न बाँकी छ ।

बालुवाटार स्रोतका अनुसार स्थायी समितिबाट के निर्णय गर्ने, राजनीतिक प्रतिवेदनमा पार्टीको कार्यक्रम र कार्यदिशामा उठेका कुरालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको बतायो ।

स्थायी समितिमा उठेको सचिवालयको संरचना र संख्या फेरबदल गर्नुपर्ने विषयमा दुई अध्यक्षले छलफल गरेको बताइएको छ । र वरिष्ठ नेता माधव नेपालले राखेका फरक मतको सम्बोधन गर्ने वा नगर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भएको स्रोतले बताएको छ ।

अध्यक्षद्वयले गरेको छलफल र स्थायी समिति बैठकमा बोल्ने नेताले दिएका सुझावअनुसार पार्टीको सचिवालयको पुनर्संरचना गर्न सहमत भएको स्रोतको दाबी छ ।