Swornakshar Logo

बंशगोपालमा प्रहरी विद्यालय कार्यक्रम

२ पुस । हेटौडाँ । मकवानपुरगढी २ कुर्लेदमारमा रहेको बंशगोपाल माध्यामिक विद्यालयमा प्रहरी विद्यालय कार्यक्रम भएको छ । विद्यालयको आयोजनामा जनचेतनामुलक कार्यक्रम गरिएको थियो ।

समुदाय प्रहरी साझेदरी कार्यक्रम अन्र्तगत महिला तथा बालबालिका विरुद्ध साइवर अपराध, लागु औषध, बाल विवाह, चेलीबेटि बेचविखन, महिला हिंसा, लैङ्गिक हिंसा विषयमा जिल्ला प्रहरी कार्यालयले जनचेतनामुलक सामग्री प्रस्तुत गरेको थियो ।

कार्यालयका प्रहरी सहायक निरीक्षक रुपक थापामगर,जिल्ला ट्राफिक मकवानपुरका प्रहरी सहायक निरीक्षक नवजित कुमार झा, शिवराज गुरुङ लगायतले आफ्नो प्रस्तुती कार्यपत्र मार्फत प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बा थिए भने विशेष अतिथिको रुपमा वडा २ का अध्यक्ष बखान सिं पाख्रिन रहेका थिए ।

कार्यक्रममा पालिकाका शिक्षा शाखाका प्रमुख राम बहादुर घलान, वडा सदस्य सावित्री विक, शिवप्रसाद न्यौपाने, विद्यालयका प्रअ लिलानाथ ढुङ्गेल, सञ्चारकर्मी श्रीराम अर्जुन, टोल विकास संस्थाका अध्यक्ष, विद्यालयका विद्यार्थी, अभिभावक तथा शिक्षकशिक्षीकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैनीको सभाध्यक्षतामा भएको थियो ।

विद्यार्थी तथा अभिभावकलाई अपराध केहो, अपराजन्य क्रियाकलाप केके हुन्, जस्ता विषयमा जानकारी दिने उद्देश्यले यो प्रहरी विद्यालय सम्र्पक कार्यक्रम गरिएको विद्यालयका प्रअ तथा कार्यक्रम संयोजक लिलानाथ ढुङ्गेलले बताए ।